प्रकृतिको सुन्दर छटाले भरिपूर्ण वीर नेपाली जनताले सिर्जेको नेपाल र मित्रराष्ट्र चीनको सीमानामा जोडिएको उत्तर तर्फको किल्लाको रुपमा रहेको पूर्व १ नम्बर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीको नामबाट परिचित एउटा सुन्दर गाँउमा आज भन्दा ७३ वर्ष अघि राणाशासनको कडा निगरानी र निरञकुशतालाई पर्वाह नगरी एउटा शिक्षाकेन्द्रको रुपमा तत्कालीन शिक्षाप्रेमी श्री भक्तध्वज प्रधान र स्व.श्री समुन्द्रप्रसाद श्रेष्ठको अथक प्रयासबाट श्री कृष्ण मन्दिरमा कखरा सिकाउने व्यायाम सिकाउने र छलफल बैठक बस्ने केन्द्रको रुपमा स्थापित भई विधिवत रुपमा विद्यालयको मान्यता पाएको यो विद्यालयले शैक्षिक क्षेत्रमा ऐतिहासिक गौरब हासिल गरेको छ । तत्कालीन नेपालबाट भोट जाने र भोटबाट नेपाल आउने मार्गको विचको ब्यापारिक केन्द्र भएको कारण देशकै ब्यापारिक तथा सामरिक महत्वको स्थान भएकोले सरकारी निकायहरुको स्थापना भई आसपासका जिल्लाहरुका नागरिकले समेत यहिबाट सेवा सुविधा हासिल गर्दथे ।